काठमाडौँ । घोराहीमा एकजना वडा सचिवले आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरवाट निकालेपछि प्रहरीले घरवेटिलाई पक्राउ गरेको छ ।
कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरवाट निकालेको खुल्न आएपछि जिल्ला प्रशासन कार्यालय दाङले घरवेटिलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपि जनक भट्टराइले स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि चासो ब्यक्त गर्दै डेराबाटै नर्स निकालेको आरोपमा घरवेटि घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
प्रहरीले घरवेटि आचार्यलाई समातेर ल्याइसकेको र कानुन वमोजिम कारवाही हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ चैत्र २०७६, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ