एजेन्सी । भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो ।
प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ३२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ हजार बढी संक्रमित भएका छन् । भारतमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएइपनि दिन प्रति दिन संक्रमण बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु