चितवन । चितवनमा प्रभु यशुले कोरोना भाइरसलाई ठीक गर्छन् भन्दै प्रचार गर्ने महिला पक्राउ परेकी छन् । कोरोना भाइरसबारे भ्रम फैलाएको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले माडी नगरपालिका–७ जगन्नाथपुरकी ३८ वर्षीया जानकी ढुंगानालाई पक्राउ गरिएको बताए ।
प्रभु यशुले कोरोना भाइरसलाई ठीक गर्छन् भन्दै गाउँमा पोस्टर, पम्पलेट वितरण गर्दै हिँडेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले महिलाविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत जिल्ला अदालतमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ। पक्राउ परेकी महिललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०७६, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ