काठमाडौँ । भारतबाट नेपाल प्रवेश गर्ने राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। उनका अनुसार नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीको टोलीलाई खटाएको हो।
आधा घन्टाअघि मात्रै सेनाको टोली त्यसतर्फ परिचालन गरिएको छ। अन्य जिल्लामा भने स्थिति सामान्य रहेको र प्रहरी नै अग्र भागमा खटिएको उनले बताए।राजविराजस्थित भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कम रहेकाले सहयोगका लागि सेना खटाइएको बताए।
उनले भने, 'हामीलाई माथिल्लो निकायको आदेश अनुसारलकडाउनमा सहयोगका लागि खटाइएको हो।' सप्तरीको राजविराज, रुपनी, कल्याणपुर र हनुमान नगरमा सेना खटाइको गणपति कुँवरले कान्तिपुरलाई बताए। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १२ चैत्र २०७६, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?