काठमाण्डौं । पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा नं ५ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका–५ निवासी ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पर्साकै पकहामैपुर गाउँपालिका–१ निवासी ५० वर्षीय मन्द्रिका सहनी रहेकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । उहाँले नेपाललबाट भारततर्फ लागुऔषधको तस्करी भइरहेको पूर्वसूचनाका आधारमा कारवाही गर्दा उक्त परिमाणको गाँजासहित तीनै जनालाई पक्राउ गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० चैत्र २०७६, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ