गोरखा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
पोखराबाट नेपालगञ्जतर्फ जान आउँदै गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भएको छैन भने उद्धार कार्य जारी छ । १२ जना घाइतेको उद्धार गरि नजिकैको स्थानिय अस्पतालमा उपचारको लागि पठाईएको छ ।
बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बस नदीमा नै रहेको, कतिपय घाइते बसले च्यापिएको र कोही ढुंगाले च्यापिएकाले घाइते संख्या यकिन गर्न नसकिएको उनले बताए । घाइतेहरुलाई थप उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । दुर्घटना के कति कारणले भएको हो भने खुल्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन