गोरखा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
पोखराबाट नेपालगञ्जतर्फ जान आउँदै गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भएको छैन भने उद्धार कार्य जारी छ । १२ जना घाइतेको उद्धार गरि नजिकैको स्थानिय अस्पतालमा उपचारको लागि पठाईएको छ ।
बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बस नदीमा नै रहेको, कतिपय घाइते बसले च्यापिएको र कोही ढुंगाले च्यापिएकाले घाइते संख्या यकिन गर्न नसकिएको उनले बताए । घाइतेहरुलाई थप उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । दुर्घटना के कति कारणले भएको हो भने खुल्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु