कोरोनाको नाममा काँग्रेसले गर्यो यस्तो निर्णय

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, १३ : १८
कोरोनाको नाममा काँग्रेसले गर्यो यस्तो निर्णय

काठमाडौं । नेपाली काँग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ ।

काँग्रेसले फागुन १६ गतेबाट समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण थालेको थियो । शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा यसलाई स्थगन गरेर कोरोना सचेतना अभियानमा थप सक्रियता जनाउने उल्लेख छ ।

काँग्रेसले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पार्टीका ठुला भेला र सम्मेलनहरु स्थगित गरिएको भए पनि क्रियाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन कार्य जारी राखेको थियो ।

पछिल्लो समयमा कोरोनाको जोखिमबाट बढ्दै गएकोले सतर्कताका लागि चैत ९ देखि लागू हुनेगरी क्रियाशिल सदस्यता नवीकरण र वितरण चैत मसान्तसम्मका लागि स्थगित गरिएको शर्माले जानकारी दिए ।

उनका अनुसार शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घर–घरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीलता सतर्कतापूर्वक विविध ढंगले जारी रहनेछ । प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठुला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनी चौधौं महाधिवेशन तयारीसंग सम्बन्धित (कृयाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएका थिए  ितर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन् l

शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्मझ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहने शर्माले जानकारी दिए । सचेतना अभियानमा संचारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइने, स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधीमापनी मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहने शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस