एजेन्सी । भारतमा कोरोना संक्रमण फैलिने गति कम भएको छैन।
कोरोना संक्रमणबाट भारतमा जनवरीयता हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ।
जसमध्ये पछिल्लो ९ दिनमा मात्र ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
जनवरीयता ११ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण पुष्टि भइसकेको छ तर यीमध्ये ५ हजार ५ सय जना निको भइसकेका छन्।
हाल भारतमा सक्रिय संक्रमतिको संख्या ६ हजार १३३ छ। जसमा सबैभन्दा बढी केरला राज्यमा १ हजार ९ सय कोरोनाका बिरामी छन्।
भारतको स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।भारतका हरेक दिन लगभग ४ सयका दरले कोरोना संक्रमित थपिइरहका छन्।
तर अहिले फैलिरहेको कोरोना भाइरसको भेरिएन्ट त्यति गम्भीर खालको नभएको दाबी भारतका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले दाबी गरेका छन्।
उनले भने, ‘हालको भेरिएन्ट ओमिक्रोन भाइरस कोरोना परिवारको हो, तर यो त्यति गम्भीर छैन। हामी सतर्क छौँ र कुनै पनि परिस्थितिलाई नियन्त्रण गर्न सक्छौँ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ जेठ २०८२, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै
भारतमा बढ्दै छन् कोरोना संक्रमित
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट