काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज सम्पन्न सचिवालय बैठकले ‘कोभिड–१९’ को सङ्क्रमणको रोकथाम र सचेतनाका लागि थप प्रभावकारी कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमणलाई ध्यान दिएर माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गर्नेलगायत उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको ‘कोभिड– १९’ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णयप्रति प्रशंसा गरेको छ ।
बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सफल मिर्गाैला प्रत्यारोपणका लागि उहाँलाई बधाई दिँदै संलग्न चिकित्सक र मिर्गाैला दातालाई धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ चैत्र २०७६, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने
‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’