काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई आज पक्राउ गरेको छ ।
नयाँ मिटरको क्षमता वृद्धिको लागि नियमानुसार राजश्व तिरी प्रक्रिाय अगाडि बढाउँदा समेत काम झन्झटिलो हुन्छ भन्दै दाहालले सेवाग्राहीसँग घुस मागेको आयोगको आरोप छ ।
आयोगले उनलाई कार्यालयको सेवाग्राही फाँटबाटै पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले राम्चे आधारभूत विद्यालय मराङ म्याग्दीका शिक्षक छोटेलाल ठाकुरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ चैत्र २०७६, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ