काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन एउटा जिल्ला र क्षेत्रको मात्र नेता भएको ठहर सार्वजनिक गरेका छन् । ‘विशेष परिस्थितिमा’ चुनाव जितेका लिङ्देनले पार्टीको नेतृत्व गर्ने बेला भइनसकेको थापाले बताएका छन् ।
‘टफ टक’ नामक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिने क्रममा राप्रपाका तीनमध्येका एक अध्यक्ष थापाले भने, ‘विशेष परिस्थितिमा एउटा निर्वाचन क्षेत्रमा उनले (राजेन्द्र लिङ्देनले) निर्वाचन जितेका हुन्, पार्टीले जितेको हो । अहिलेलाई उनी एउटा जिल्लाको, क्षेत्रको नेता हुन् । उनलाई हामीले बिस्तारै ग्रुम गरीराखेका छौं । उनको संभावना छ तर अहिले नै पार्टीको नेतृत्व लिएर हिड्ने बेला भइसकेको छैन ।’
राप्रपाका तीन अध्यक्षहरुले निर्वाचन जितेका सांसद लिङ्देनलाई अध्यक्ष पद जिम्मा लगाए हुन्न ? भन्ने प्रश्नमा थापाले झोक्किदै यस्तो जवाफ दिएका हन् । प्रश्नकर्ताले जनमतको प्रजातान्त्रिक आधार र युवाको सम्मानको सन्दर्भ कोट्याएका थिए । बेला कहिले र कसरी आउछ भन्ने कार्यक्रम प्रस्तोता दिलभुषण पाठकको प्रश्नमा थापाले खुलस्त जवाफ दिएनन् । बरु लिङ्देन जस्तो पार्टीमा बीस, पच्चीस वर्ष काम गर्ने धेरै युवा नेताहरु छन् भन्ने स्पष्टीकरण दिए ।
लिङ्देन राप्रपाका एकमात्र सांसद हुन् । एमालेसँगको चुनावी गठबन्धनबाट उनले झापामा प्रतिनिधिसभाको निर्वाचन जितेका हुन् । एकीकरण पूर्वको तत्कालीन राप्रपामा उनी महामन्त्रीको जिम्मेवारीमा थिए । अध्यक्ष थापा र सांसद लिङ्देनबीच राप्रपा एकतासँगै चलेको जुहारी रोचक छ । २००६ सालदेखि थापाको निरन्तर साथमा रहेका व्यक्ति हुन् लिङ्देन । २०७४ को निर्वाचनपछि लिङदेन एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो ।
फागुन २८ गते सम्पन्न राप्रपा एकीकरण घोषणा सभामा लिङ्देनले पार्टी अध्यक्षले कार्यकर्तालाई जाँतोमा पिसेर राखेको आरोप लगाएका थिए । पार्टी नेतृत्वले कारिन्दा बनाएको, कार्यकर्ता नबनाएको भनेका थिए । मन्तव्यकै क्रममा लिङ्देनले भने, पार्टी नेतृत्वको स्वार्थ र टुटफुटको कारण देशमा गणतन्त्र आएको हो । अध्यक्ष थापालाई यसै पनि पार्टीको नीति सिद्धान्त तिलाञ्जली दिएर सरकारमा गएको आमजनता र कार्यकर्ताबीच आरोप छ । गणतन्त्रको संविधानलाई उत्कृष्ट संज्ञा दिएको विगत पनि थापासँग जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
राजेन्द्र लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप
नवराज सुवेदीलाई राप्रपा प्रवक्ताले भने– लोकलाजको ख्याल गर्नुस् बा !