महेन्द्रनगर । भारतले नेपालको विभिन्न स्थानमा नेपाली भुभाग अतिक्रमण गर्दै आईरहेको बेला कंचनपुरमा पनि नेपाली भूमि अतिक्रमण गर्ने उद्देश्यले निर्माण गरेको सीमा स्तम्भ कञ्चनपुरबासीले भत्काएका छन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बैवाहमा निर्माण गरिएको ७८३ र ७८४ नम्बरको नेपाल–भारत सीमा स्तम्भ स्थानीयले शनिबार भत्काएका हुन । सो स्तम्भ केही दिन अगाडि नेपाल भारत संयुक्त सर्वे टोलीले निर्माण गरेको थियो । नीय सर्वसाधारणहरुले हतौडा र ढुङ्गा प्रयोग गर्दै सीमा स्तम्भ भत्काएका हुन ।
भारतले नेपाली भूमी हडप्नका लागि लालपुर्जाधारी नेपालीको जमिनमा सीमा स्तम्भ खडा गरेकाले सो तोडफोड गरिएको स्थानीय बिरसिंह कुवँरले बताए । लालपुर्जाधारी जमिनमा भारतले एकपक्ष रुपमा सीमा स्तम्भ बनाएर नेपाली भूमि अतिक्रमण गर्न खोजेको भन्दै स्थानीयले बिरोध गरेपछि सर्वेको काम रोकिएको थियो ।
छ दशकदेखि बस्दै आएको बस्तीका स्थानीयको जमिन भारतमा परेपछि सीमा विवाद चुलिएको छ । उक्त क्षेत्रमा संयुक्त टोलीले काम गर्न छाडेर कैलालीको खक्रौला नाकातर्फ गएको छ । यसैगरी शनिवार नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहरा, पूर्व–संविधान सभा सदस्यद्वय दिवान सिह विष्ट, बहादुर सिह थापा लगायतको टोलीले सीमा स्तम्भ अनुगमन समेत गरेको छ ।
सोही अनुगमनका क्रममा सीमामा गएका स्थानीयहरुले भारतले सीमा मिच्न लागेको भन्दै स्तम्भमा क्षति पु(याएका हुन ।पाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहराले सरकारको बेवास्ताले नेपाली भूमि भारतले अतिक्रमण गर्न लागेको आरोप लगाए । वार्ता र छलफलबाट अतिक्रमणको समस्या सुल्झाउने पर्ने उनको सुझाव छ । सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै नेता र स्थानीय सर्वसाधारणहरुले सरकारको बिरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०७६, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा