काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड शनिबार बालुवाटारमै पुगेका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार प्रचण्ड बालुवाटारमा पुगेका उनको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई भने र प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे । उनीहरुबीच केहीबेर राजनीति कुराकानी पनि भएको थियो ।
प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका सचिवालयको भनाइ छ ।
फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको थियो। प्रधानमन्त्री ओली चिकित्सकहरूको निगरानीमा बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०७६, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद
नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइयो, यो देशको हितमा छैन: प्रचण्ड