काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड शनिबार बालुवाटारमै पुगेका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार प्रचण्ड बालुवाटारमा पुगेका उनको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई भने र प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे । उनीहरुबीच केहीबेर राजनीति कुराकानी पनि भएको थियो ।
प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका सचिवालयको भनाइ छ ।
फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको थियो। प्रधानमन्त्री ओली चिकित्सकहरूको निगरानीमा बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०७६, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिनलाई जीवित फर्काउन नसक्नु पीडादायी बन्यो : प्रचण्ड
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी
प्रचण्ड र उनको परिवारका सदस्यहरूलाई लक्षित गरी प्रकाशित समाचार प्रति सचिवालयको आपत्ति, प्रमाणित गर्न चेतावनी
‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन’ : ‘प्रचण्ड’
सरकारले सुरक्षाकर्मी घटाएपछि ‘प्रचण्ड’को सुरक्षामा खटियो वाईसीएलको टोली
‘प्रचण्ड’को दाबी : ‘राष्ट्रिय स्वाधीनतामा यति ठुलो संकट पहिले थिएन’