काठमाडौं — जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोग (कार्की आयोग)को प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिन जेन–जीहरू सडकमा उत्रिने भएका छन्।
जेन–जी मुभमेन्ट्स एलाइन्सको आयोजनामा आइतबार दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
गत २३ र २४ भदौमा भएको जेन–जी घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। आयोगले आफ्नो अनुसन्धान सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।
प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भन्दै जेन–जी समूहले पारदर्शिताको माग गर्दै प्रदर्शनमार्फत सरकारलाई दबाब दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० फागुन २०८२, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद