काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा चुनावमा किर्तिमानी नतिजा निकालेपछि दल नेता चयन गर्न विद्यान संशोधन गर्ने तयारी गरेको छ ।
रास्वपाको विधानमा दल नेता चयन गर्न संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोट हुने र त्यसका लागि पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले मतदान गर्ने ब्यवस्था छ । यसका आधारमा रास्वपाले दल नेता चयन गर्न सक्ने अवस्था अहिले छैन । सोही कारण उसले विधान संशोधन गरेर वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई दल नेता चयन गर्न लागेको छ ।
निर्वाचन आयोगले शनिबारसम्म दलहरुलाई समानुपातिक तर्फका नाम बुझाउन सिट संख्या सहित पत्राचार गरिसकेकोले सभापति लामिछाने र वरिष्ठ नेता बालेनबीच अहिले समानुपातिक सांसद छान्ने छलफल भित्री रुपमा भईरहेको छ ।
रास्वपाको विधानको धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । तर, यो निर्वाचन कानुनसँग पनि वेमेल देखिएको र गत संसदको दल नेता चयनमा पनि विधानको यो ब्यवस्था परिपालन नभएकोले अहिले विधान फेर्ने सहमतिमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह पुगेका हुन् ।
उनीहरुले अव पार्टी सचिवालय बैठक र केन्द्रीय समिति बैठक बोलाएर विधान संसोधन गर्ने तयारी गरेका हुन् । संसोधित विधानलाई पछि पार्टीको महाधिवेशनमा लगेर अनुमोदन गर्ने तयारीमा रास्वपा छ । अहिले रास्वपाको विधानको धारा ६६ को उपधारा ८ (क) मा ‘संघीय निर्वाचनअगावै पार्टीका तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने र दल नेताको निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने उल्लेख छ ।
यस आधारमा रास्वपाभित्र बालेनलाई दल नेता बन्न रोक्ने तर्क बाहिर उठिरहेका थिए । तर पार्टीभित्र चुनाव अगाडी नै बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडी सारिएको र सोही आधारमा जनमत पनि आएकोले अहिले पूर्वसहमति अनुसार नै बालेन दल नेता र प्रधानमन्त्री बन्ने रास्वपाले प्रष्ट पारेको छ ।
‘अहिले विगतमा पार्टी सभापति र बरिष्ठ नेताका बीचमा भएको सहमति अनुसार नै वरिष्ठ नेता दल नेता बनेर प्रधानमन्त्री बन्नुहुन्छ,’ रास्वपाका नेता शिशिर खनालले भने,‘यसका लागि विधान संशोधन गर्ने गरी सभापति र बरिष्ठ नेता अहिले छलफलमा हुनुहुन्छ । ’
दुई नेताका बीचमा पार्टीको सचिवालय बैठक र केन्द्रीय समिति बैठक बोलाएर विधान संशोधन गर्नेबारे सल्लाह भइरहेको पनि खनालले बताए । ‘विधानको व्यवस्था २०७९ मा पनि प्रयोगमा आएन । सांसदहरूले नै संसदीय दलको नेता छान्नुभएको हो । यस पटक पनि त्यो प्रयोगमा आउने सम्भावना नरहेकाले संशोधन गरेर सांसदहरुले नै दलको नेता चयन गर्ने गरी छलफल भईरहेको छ । त्यस अनुसारनै हुनेछ,’ खनालले भने ।
रास्वपाले अहिले विधानको उक्त उपधारामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका दलका नेता दल नेताका लागि उम्मेदवार हुन पाउने र त्यसका लागि संघीय संसदमा पार्टीका तर्फबाट निर्वाचित सांसदहरु मतदाता हुन पाउने गरी ब्यवस्था गर्न लागिएको छ ।
निर्वाचन आयोगले शनिबारसम्म दलहरुलाई समानुपातिक तर्फका नाम बुझाउन सिट संख्या सहित पत्राचार गरिसकेकोले सभापति लामिछाने र वरिष्ठ नेता बालेनबीच अहिले समानुपातिक सांसद छान्ने छलफल भित्री रुपमा भईरहेको छ ।
शनिबारसम्म यो काम पहलिे सकेपछि विधान संशोधन गर्न पार्टीको सुरुमा सचिवालय बैठक बोलाउने र त्यसपछि केन्द्रीय समिति बोलाएर विधान संशोधन गर्ने तयारीमा रास्वपा छ । त्यसपछि भोलिपल्टै दल नेता चयन गरेर राष्टपति कहाँ दावी प्रस्तुत गर्ने तयारीमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ फागुन २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय