काठमाडौं । नेपाली कांग्रेसले भोलि निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ। बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताए।
उनका अनुसार अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन।
उनले भने, ‘क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी मिलाएर हामीले आयोगमा नाम बुझाउने तयारी गरेको छौँ। भोलि सम्ममा पठाउँछौँ। अहिलेसम्म नाम टुङ्गिएको छैन।’
अहिले आफूहरू समानुपातिकतर्फ आयोगमा बुझाउने नामबारे गृहकार्यमा केन्द्रित रहेको बताए। प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर ३८ सीट पाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ फागुन २०८२, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)