काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र पुरानो भन्ने भाष्यले देश र लोकतन्त्रको हितमा नभएको बताएका छन्। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइएको बताए।
उनले भने, ‘अहिले नयाँ र पुराना भन्ने भाष्य बनाइएको छ, यो सवाल नयाँ र पुरानोको हुँदै होइन। सही र गलतको हो। राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा यो भाष्य सही छैन। सबैले आफ्नो विवेकको प्रयोग गरौँ। सहीको पक्षमा उभिऔँ। सही जो छ, देशको पक्षमा जो छ त्यसमा उभिऔँला।’
असहज परिस्थितिमा भइरहेको निर्वाचन भएकाले सफल पार्ने जिम्मेवारी सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायदेखि सबैको भएको बताए।उनले थपे, ‘मेरो नेतृत्वको पार्टीले सुरुदेखि नै निर्वाचन नै विकल्प हो अरू छैन भन्ने कुरामा दृढ अडान लिएर हामी अगाडि बढिराख्यौँ। आज आएर निर्वाचनमा मतदान गर्दा र अब सफलताको चाहिँ सन्निकट हामी पुगिसक्या छौँ। म धेरै खुसी छु।’
उनले यो चुनावमा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीको बीच मुख्य प्रतिस्पर्धा हुने रिपोर्ट पाएको बताए।
कुन ठुलो पार्टी होला भन्ने प्रश्नमा उनले भने, ‘हेरौँ भोलि–पर्सि थाहा भइहाल्छ पहिलो, दोस्रो को–को हुन्छ भन्ने त।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’