गैँडाकोट । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको असरले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना निर्माण रोकिएको छ । कोरोनाको असरका कारण कच्चा पदार्थ आउन नसकेपछि कालीगण्डकी करिडोरको आयोजना रोकिएको हो ।
गैंडाकोट–रामपुर–पीपलडाँडा खण्डको १३१ किलोमिटर खण्डमा ढुंगागिटी र बालुवा नहुँदा गत सातादेखि निर्माण रोकिएको हो । आयोजना निर्माण गत पुसबाट थालिएको थियो ।
कच्चा पदार्थ नहुँदा ठेकेदार कम्पनीले नाला बनाउने र कल्भर्ट बनाउने काम बन्द गरेको छ । गैंडाकोट खण्डदेखि उत्तरपश्चिममा निर्माणाधीन सडकको पहिलो ३२ किलोमिटर खण्डमा कच्चा पदार्थको अभाव भएका कारणले निर्माण रोकिएको हो ।
महेन्द्र राजमार्गको गैंडाकोटबाट ७४ किलोमिटर खण्ड पूर्वी नववलपरासीमा पर्दछ। गैंडाकोट, कोटथर , बुलिङटार, डेडगाउँ हुँदै पाल्पाको रामपुर र पीपलडाँडा सडक निर्माण जिम्मेवारी भारतीय ठेकेदार कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले लिएको छ।
भारतीय कम्पनीका नेपाली प्रतिनिधि इन्जिनियर रोहित भट्टराईले ३ वर्षभित्र सडक निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने आयोजनामा कच्चा पदार्थ अभावले काम अघि बढ्न नसकेको जानकारी दिए।
सम्झौताअनुसार आउँदो माघ १५ गतेभित्र निर्माण सकाउनुपर्ने छ। करिब पौने ५ अर्बको लागतमा गैंडाकोटदेखि पीपलडाँडासम्म निर्माण ठेक्का दिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०७६, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु