काठमाडौँ । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पूर्णजित पुन पक्राउ परेका छन् । गत माघ २८ गते राति जनयुद्ध दिवसको पोष्टर टाँस्ने क्रममा म्याग्दे गाउँपालिका–३ जामुनेबाट पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले सामान्य तारेखमा रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो ।
प्रहरीले पुनको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी र जिल्ला अदालतमा विस्फोटक पदार्थ र आगजनीसम्बन्धी मुद्दा दर्ता गरेको थियो । गत साउन १५ गते घिरिङ गाउँपालिका–२ घुर्लीछापमा र पुस २६ गते भीमाद नगरपालिका–५ मिछुर्लुङमा भएको एनसेलको टावर आगजनीको घटनामा पुनलाई दोषी देखाइएको छ ।
पुनसँगै पक्राउ परेका विप्लव समूहका विद्यार्थी नेता पर्वत सेढाईँ भने जिल्ला प्रशासनको आदेशपछि रु पाँच हजार धरौटी बुझाएर रिहा भएका छन् । अदालतबाटै पक्राउ परेका पुनलाई गोरखा पठाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ फागुन २०७६, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव
गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव
कालिकोट पुगेर विप्लवले गरे भेडा फर्म उद्घाटन
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय