काठमाडौँ । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पूर्णजित पुन पक्राउ परेका छन् । गत माघ २८ गते राति जनयुद्ध दिवसको पोष्टर टाँस्ने क्रममा म्याग्दे गाउँपालिका–३ जामुनेबाट पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले सामान्य तारेखमा रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो ।
प्रहरीले पुनको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी र जिल्ला अदालतमा विस्फोटक पदार्थ र आगजनीसम्बन्धी मुद्दा दर्ता गरेको थियो । गत साउन १५ गते घिरिङ गाउँपालिका–२ घुर्लीछापमा र पुस २६ गते भीमाद नगरपालिका–५ मिछुर्लुङमा भएको एनसेलको टावर आगजनीको घटनामा पुनलाई दोषी देखाइएको छ ।
पुनसँगै पक्राउ परेका विप्लव समूहका विद्यार्थी नेता पर्वत सेढाईँ भने जिल्ला प्रशासनको आदेशपछि रु पाँच हजार धरौटी बुझाएर रिहा भएका छन् । अदालतबाटै पक्राउ परेका पुनलाई गोरखा पठाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ फागुन २०७६, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?