काठमाडौं । चीनले कोरोना भाइरस कोभिड–१९ को उत्कर्ष सकिएको बताएको छ । हुबेई प्रान्तमा नयाँ संक्रमितको संख्या एक अंकमा झरेसँगै चिनियाँ शीर्ष स्वास्थ्य अधिकारीले कोरोनाको उत्कर्ष सकिएको बताएका हुन् ।
बुधबार हुबेई प्रान्तमा केवल ८ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको थियो । भाइरस फैलिएपछि पहिलोपटक नयाँ संक्रमितको संख्या १० भन्दा पनि कम देखिएको हो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीनको लागि भाइरसको उत्कर्ष सकिएको बताएका हुन् ।
डिसेम्बरबाट देखिएको कोरोना भाइरसका कारण चीनमा मात्र ३ हजार १६९ जनाको मृत्यु भएको छ भने समग्र संक्रमित ८० हजार ७९६ पुगेको छ, जसमध्ये ६२ हजार ८१५ जना मानिस निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०७६, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु