गैँडाकोट । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।
चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना ३ च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।
ठक्कर दिने बोलेरो र त्यसका चालक धादिङको बेनीघाट गाउँपालिकाका चन्द्रबहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ फागुन २०७६, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु