काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा किचलो फेरि बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नवलपरासी पश्चिमका कार्यवाहक सभापति अर्जुन पोखरेललाई सभापति देउवाले जिम्मेवारी मुक्त गरेपछि पौडेल पक्ष थप चिढिएको हो ।
पोखरेल पौडेल पक्षका नेता हुन् । अझ उनी महामन्त्री डा शसांक कोइराला निकट नेता थिए । देउवाले उनलाई मंगलबार पदबाट हटाई उनको स्थानमा विष्णु पौडेललाई जिम्मेवारी तोकेपछि कांग्रेसमा रडाको मच्चिएको छ ।
पार्टी सभापतिले पछिल्ला दिनमा आगामी महाधिवशेनलाई प्रभावित पार्ने र समय घर्केपछि विभाग गठन गर्ने, केन्द्रीय सदस्य मनोनित गर्ने सम्मको काम गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट बन्दै आइरहेको थियो ।
यही बीचमा जिल्ला सभापति नै आफू पक्षका लाई ल्याउनका लागि अर्काे पक्षका नेतालाई हटाउने काम समेत देउवाले गर्न थालेको भन्दै पौडेल पक्ष आक्रोशित बनेको हो ।
नवलपरासी पश्चिमका कार्यवाहक सभापति रहेका आफू पक्षका नेतालाई देउवाले हटाएपछि पौडेल पक्षले आन्तरिक छलफलका लागि निकट नेताहरुको बैठक बोलाएको छ । उनले पार्टी कार्यालय सानेपामै आज बैठक बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल