काठमाडौं । सेक्युरेटी प्रेस खरिद प्रकरणमा ७० करोड लेनदेनमा कुरा मिलाउन खोजेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीवाट राजीनामा दिए ।
पार्टीभित्र उनीमाथी छानविनको माग बढेपनि प्रधानमन्त्री केपी ओलीले छानविनमा रोक लागउन खोजे । अख्तियारले यो प्रकरणमा छानविन गर्ने भन्दै ओलीले पार्टी अनुशासनका लागि छानविन गर्ने र त्यसवेला सम्म उनलाई निलम्बन गर्ने पार्टीका अन्य नेताहरुको प्रस्तावमा रोक लगाईदिए । रोक नलगाउन पनि किन ? उनी प्रधानमन्त्री ओलीका बलियो खम्बा थिए । सरकारमा रहेर सरकारको बचाउमा दरिलो गरी लाग्ने की प्रधानमन्त्री ओली नै थिए की त उनै सञ्चारमन्त्री बाँस्कोटा ।
तर उनी पनि कमिसन काण्डमा फसेपछि धेरैले यो प्रकरणमा बाँस्कोटा आफैले मात्र होइन, प्रधानमन्त्री ओलीकै संकेत पछि कमिसनका लागि डिल गर्न खोजेको आरोप लगाईरहेका छन् । संसदमै प्रतिपक्ष काँग्रेसले त अझ यो प्रकरणमा प्रधानमन्त्री ओली भाग्न नपाउने र सदनलाई जानकारी दिनुपर्ने मत राखिसकेको छ ।
तर यो प्रकरण अब के हुन्छ ? अहिले केही टुंगो त छैन् । तर मन्त्री पदबाट गत फागुन ८ मा राजीनामा दिएपछि उनी केही समय चुप बसे । आफ्ना विरुद्ध प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु भनेपनि उनले जनतासँग यो प्रकरणका बारेमा केही बोलेका छैनन् ।
त्यसपछि चुपचाप बसेका उनको काण्ड मिलाउन प्रधानमन्त्रीले नै अख्तियार प्रमुख नविन घिमिरेलाई बालुवाटारमै बोलाएर छलफल गरेको कुरा पनि सञ्चारमाध्यममा सार्वजनिक भईसकेको छ । सफलखबरले त्यो समाचार यस अगाडी प्रकाशन पनि गरिसकेको छ । त्यसपछि १६ फागुनमा उनले आफ्नो मानहानी भएको भन्दै पूर्व तयारीका साथ काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराउन पुगेका थिए ।
केही सार्वजनिक पर्वमा शुभकामना दिन मात्र सामाजिक सन्जाल प्रयोग गर्ने गरेका बाँस्कोटाले हिजो र आज लगातार अन्तराष्ट्रिय श्रमिक महिला दिवस र आजको फागु पूर्णिमाको शुभकामना सन्देश सामाजिक सन्जालमार्फत नै ब्यक्त गरेका छन् ।
तर बाँस्कोटाको शुभकामना सन्देशमा भने उनलाई जवाफ फर्काउनेहरुले शुभकामना आदानप्रदान गर्ने भन्दा बाँस्कोटालाई अधिक ब्यङ्ग्य नै गरेका छन् । फागु पूर्णिमामा उनले दिएको शुभकामनामा जवाफ फर्काउने कतिपयले उनलाई भष्टाचारी, मुख्य जिम्मेवार, मु.., ७० करोड जस्ता विषय जोडेर ब्यङ्ग्य कसेका छन् ।
हेर्नुहोस्, बाँस्कोटालाई जवाफ फर्काएका केही ट्वीटहरु :
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राजसंस्था फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो : गोकुल बास्कोटा
राजा फर्काउने हल्लाको चुरो पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने : गोकुल बाँस्कोटा
सरकारले आफ्नो कुरा नसुनेको गोकुल बास्कोटाको गुनासो
सूचना प्रवाह नियन्त्रण होइन, नियमन गर्नुपर्छ : गोकुल बास्कोटा
समितिमा आएका उजुरी केबल सूचना हुन् : गोकुल बास्कोटा
हाइट र लाइट एमालेकै टोपी, धोती लगाएर बढाए : गोकुल बास्कोटा