काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा दार्चुलाका एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आइतबार विहान २ बजे तिर धनगडी बाट दार्चुला आउदै गरेको अनटेष्ट जिप बैतडी खोडपे राजमार्गको पनतोली मोडमा २ सय ५० मिटर तल खस्दा दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिपमा सवार चालक सहित ७ जना मध्ये ६ जना घाईते र १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दार्चुलाको दुहुँ गाउँपालिकापा २ बस्ने बर्ष ३६ का धन सिंह बडाल रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा दार्चुलाको दुहु गाउँपालिकाकैे वर्ष २० कि हेमन्ती बम, वर्ष २२ कि द्रोपती जोशी, वर्ष २३ का सुरेन्द्र बम, वर्ष ३८ का हरक सिंह बडाल , बर्ष ४१ का प्रेम बल्लब जोशी र वर्ष ४१ का धन राज जोशी रहेका छन् । घाइतेमध्ये हरक सिंह बडालको अवस्था गम्भीर रहेको छ ।
उक्त स्थानमा प्रहरी निरीक्षक धन देव साउदको कमान्डमा खटीको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन