काठमाडौं । भोजपुरबाट नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले चन्द समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो ।
आज यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको एलम्बरचोकमा रहेको एक होटलबाट राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो । प्रहरीले केही दिन अगाडि सोही समूहका जिल्ला सस्दय सुमित परियारलाई यहाँको कोटबाट नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ फागुन २०७६, २२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव