काठमाडौं । मिर्गौला प्रत्यारोपण गरी चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक सुधार हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार आएपछि हिँडडुलसमेत गराउन थालिएको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक कृष्ण खड्गाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्युको मिर्गौला प्रत्यारोपण गरिएको आज शुक्रबार तेस्रो दिन, उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ । आजदेखि उहाँलाई हिँडडपुल गराउन थालिएको छ । साथै, ठोस आहार दिन थालिएको छ ।’ साथै, प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी नता पर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार हुँद गएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०७६, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली