काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर केही सांसदहरुले प्रश्न गरेका छन् । उनीहरुले प्रधानमन्त्री आत्मविश्वासले रोगसँग जिते पनि भ्रष्टाचारसँग जित्न नसकेको बताए ।
शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरीले शरीरमा काम नलाग्ने भएपछि प्रधानमन्त्रीले मिर्गौला फेर्नुभयो, अब प्रधानमन्त्रीज्यू काम नलाग्ने आसेपासे कहिले फेर्नुहुन्छ ? उनले भ्रष्टाचारीलाई किन कारबाही नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।
उनले भने, ‘शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ। आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्रष्टाचारीलाई किन कारबाही भएन ?’देश कोरोना भाइरसको भयले आक्रान्त छ। त्यसभन्दा भ्रष्टाचारी भाइरसले देशको फोक्सो, मुटु र कलेजोमा संक्रमण गरेको उनको भनाइ थियो।
त्यस्तै सासद डिला संग्रौला पन्तले पिन प्रधानमन्त्रीले शारीरिक रुपमा जिते पनि भ्रष्टाचारसँग जित्न नसक्नु भएको बताइन् ।‘‘शारीरिक रुपमा जित्नुभयो। भ्रष्टाचारसँग जित्नु भएको छैन। सेक्युरिटी प्रेसको भ्रष्टाचार ढाकछोप गर्ने होइन। कारबाही हुनैपर्छ’ उनले भनिन् । देशमा कोरोना जस्तै भ्रष्टाचारले दु ख दिएको उनको भनाइ थियो । उनले भनिन्, ‘भ्रष्टाचार नेपालको कोबिड १९ नै हो। देशलाई भ्रष्टाचारले बिकलाङ्ग बनाएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०७६, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि