काठमाडौँ । त्रिवि शिक्षण अस्पताल टिचिङ महाराजगञ्जबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्ररुपले सुधार भइरहेको बताएका छन् ।
बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्ररुपले सुधार भएको बताएका हुन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि उनका प्रमुख सल्लाहकार विष्णु रिमालसँग उनले भने, ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भइरहेको छ, छिटै काममा फर्किनेछु ।’
प्रधानमन्त्री ओलीले आफूसँग मुलुकमा के भइरहेको छ र कसरी काम भइरहेको छ भन्नेबारे जिज्ञासा राखेको रिमालको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँदै समूहमा बसेको भए मोबाइल ह्यान्ड्स फ्रि गरेर सबैलाई बोली सुनाइदिन’ भनेका थिए । रिमालले प्रधानमन्त्री ओलीलाई आफू चिकित्सकहरुसँग रहेको र फोनमा भएको वार्तालापबारे सबैलाई जानकारी गराउने आश्वासन दिएका थिए ।
प्रधानमन्त्री ओलीले शुक्रबार बिहान जाउलो खाएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार बिहानदेखि नै चिया तथा नरम खानेकुरा खुवाउन सुरु गरिएको उनको उपचारका संलग्न चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली