काठमाडौँ । त्रिवि शिक्षण अस्पताल टिचिङ महाराजगञ्जबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्ररुपले सुधार भइरहेको बताएका छन् ।
बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्ररुपले सुधार भएको बताएका हुन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि उनका प्रमुख सल्लाहकार विष्णु रिमालसँग उनले भने, ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भइरहेको छ, छिटै काममा फर्किनेछु ।’
प्रधानमन्त्री ओलीले आफूसँग मुलुकमा के भइरहेको छ र कसरी काम भइरहेको छ भन्नेबारे जिज्ञासा राखेको रिमालको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँदै समूहमा बसेको भए मोबाइल ह्यान्ड्स फ्रि गरेर सबैलाई बोली सुनाइदिन’ भनेका थिए । रिमालले प्रधानमन्त्री ओलीलाई आफू चिकित्सकहरुसँग रहेको र फोनमा भएको वार्तालापबारे सबैलाई जानकारी गराउने आश्वासन दिएका थिए ।
प्रधानमन्त्री ओलीले शुक्रबार बिहान जाउलो खाएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार बिहानदेखि नै चिया तथा नरम खानेकुरा खुवाउन सुरु गरिएको उनको उपचारका संलग्न चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि