काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल प्रत्यारोपण भएपछि स्वास्थ्य अवस्था स्थिर छ । अहिले बिहान उनलाई कालो चिया र झोलिलो तरल पदार्थ खुवाउने तयारीमा चिकित्सकहरु रहेका छन् ।
६९ वर्षीय प्रधानमन्त्री ओलीको हिजो दिउँसो दोश्रोपटक पूनः मृगौला प्रत्यारोपण गरिएको थियो । ओलीलाई प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न थालिसकेको छ । तर अरुको शरीरको मृगौला लिएर प्रधानमन्त्री ओलीको शरीरमा जोडिएकोले विभिन्न खाले संक्रमणबाट भने बच्नुपर्ने हुन्छ ।
ओलीलाई एक सातासम्म अब कसैलाई पनि भेट गर्न नदिने चिकित्सकहरुले बताएका छन् । उनलाई आफन्त, नेताहरु कसैलाई पनि भेटघाट गर्न नदिने चिकित्सकहरुले बताएका छन् ।
भेट्नै चाहेमा मृगौला दिएकी समिक्षाले भने भेट्न पाउने चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार, बिहान ८ बजेसम्म मृगौला प्रत्यारोपण यता १० लिटर भन्दा बढी पिसाव प्रधानमन्त्री ओलीले गरिसकेका छन् । प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०७६, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी