प्रधानमन्त्रीलाई एक साता कसैले भेट्न नपाउने

कालो चिया सहित झोलिलो तरल पदार्थ खुवाउने तयारी

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०७६, ०८ : ४४
प्रधानमन्त्रीलाई एक साता कसैले भेट्न नपाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल प्रत्यारोपण भएपछि स्वास्थ्य अवस्था स्थिर छ । अहिले बिहान उनलाई कालो चिया र झोलिलो तरल पदार्थ खुवाउने तयारीमा चिकित्सकहरु रहेका छन् ।

६९ वर्षीय प्रधानमन्त्री ओलीको हिजो दिउँसो दोश्रोपटक पूनः मृगौला प्रत्यारोपण गरिएको थियो । ओलीलाई प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न थालिसकेको छ । तर अरुको शरीरको मृगौला लिएर प्रधानमन्त्री ओलीको शरीरमा जोडिएकोले  विभिन्न खाले संक्रमणबाट भने बच्नुपर्ने हुन्छ ।

ओलीलाई एक सातासम्म अब कसैलाई पनि भेट गर्न नदिने चिकित्सकहरुले बताएका छन् । उनलाई आफन्त, नेताहरु कसैलाई पनि भेटघाट गर्न नदिने चिकित्सकहरुले बताएका छन् ।

भेट्नै चाहेमा मृगौला दिएकी समिक्षाले भने भेट्न पाउने चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार, बिहान ८ बजेसम्म मृगौला प्रत्यारोपण यता १० लिटर भन्दा बढी पिसाव प्रधानमन्त्री ओलीले गरिसकेका छन् । प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरिरहेको छ ।