सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकस्थित बजारबाट एयरपोर्ट जाँदै गरेको भे १ त ८१७६ नम्बरको खाली ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे ३ प ७४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
आज बेलुका साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । उक्त दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत खजुराका ३३ वर्षीय यमबहादुर विक र ३२ वर्षीय खगेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए । गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका २५ वर्षीय तुलबहादुर राम्जालीको अवस्था गम्भीर रहेको र उहाँलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो ।
ट्र्याक्टर चालक भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ फागुन २०७६, २३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरीमा डुबेर दुई जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु
टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु