काठमाडौं । आफ्नो मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पताल भर्ना हुँदैछन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेको प्रधानमन्त्री ओलीलाई नातिनीले मिर्गौला दिने भएकी छिन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण हुनेछ । प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखि नै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।
यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो । दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली