चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जो कुनै पराजित व्यक्ति सांसद वा मन्त्री बन्न खोज्नु गलत परिपाटी भएको बताएका छन् । उनले यस्तो प्रणालीको विकास हुँदै गए लोकतन्त्र बलियो नहुने बताए ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा नेता पाण्डेले निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधि सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन नसक्ने जिकिर गरे ।
नेता पाण्डेले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने बाटो खोल्ने निर्णयको पक्षमा जनता नरहेको बताए । उनले भने, ‘जनता राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने बाटो खोल्न तयार छैनन् । त्यसकारण कार्यदल नै भंग गरिएको हो। राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने बाटो खोल्न बनाइएको कार्यक्रम दुई दिनमै भंग गरिएको थियो ।
पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधान हुने नेता पाण्डेले विश्वास गरेका छन् । नेता पाण्डेले बामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय पनि कार्यान्वयन हुने बताए । उनले प्रधानमन्त्रीको चाहना पनि पूरा हुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०७६, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको बजेट परम्परागत, लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भव छैन : सुरेन्द्र पाण्डे
पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली आवश्यकः सुरेन्द्र पाण्डे
'८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन’: सुरेन्द्र पाण्डे
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'