काठमाडौँ । चीनको शीर्ष राजनीतिक निकायले सोमबार जंगली जीवको बेचबिखन तथा उपभोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
विज्ञले वर्तमान कोरोना भाइरस प्रकोप वन्यजन्तुबाट मानिसमा सरेकोे प्रमाण देखिएको बताउँदै आएका छन् । चीनको राष्ट्रिय जन–कंग्रेसको स्थायी समितिले जंगली जीवको ओसारपसार र व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । चीनले स्वास्थ्य तथा पर्यावरणीय सुरक्षा’को प्रतिरक्षाका लागि उक्त कदम उठाएको हो ।
वैज्ञानिक अनुसन्धान, चिकित्सक तथा प्रदर्शनीको लागि वन्यजन्तुको प्रयोग गर्नु परेमा पनि ‘कठोर जाँच र स्वीकृति’को आवश्यकता पर्ने व्यवस्था गरिएको छ । चिनियाँ अधिकारीले यस अघि नै जनवरी २६ मा वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु