दिल्लीमा दंगा

बारुदको ढिस्कोमाथि भारतको राजधानी

एजेन्सी

बुधबार, १४ फागुन २०७६, ११ : २२
बारुदको ढिस्कोमाथि भारतको राजधानी

नयाँ दिल्ली । मंगलबार साँझ जब हामी उत्तरी दिल्लीको हिंसाग्रस्त क्षेत्रमा रहेको भीडले घेरिएका थियौं, केही मानिसहरुले हाम्रो हातमा भएको मोबाइल फोन खोस्‍ने प्रयास गरे । किनकी हाम्रो फोनमा उत्तर दिल्लीमा भएका हिंसात्मक घटनाका रेकर्डहरु थिए । 

हामी हाम्रो फोन बचाउने कोशिस गरिरहेकै थयौं, त्यहीबेला हामीमाथि ढुंगा प्रहार भयो । त्यही समय हामीले गल्लीबाट एकजना व्यक्ति हातमा कपडा बाँधेर निस्किरहेको देख्यौं । प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिका हातमा गोली लागेको थियो । सडको अर्कोपट्टीमा रहेको घरको छतबाट कसैले उनीमाथि गोली चलाएको थियो । 

ती व्यक्ति निस्किएको गलीको बाटो हुँदै हामी बाहिर निस्किने कोशिस गरिरहेका थियौं तर गोल चलेपछि उक्त बाटो नै बन्द गरियो । बाटो बन्द भएपछि हामी सहयाक गली हुँदै बाहिर निस्किनेक्रममा एक अर्को भीडमा पुग्यौं, जहाँ मानिसहरु अलि कम आक्रोशित देखिन्थे । 

दिल्ललाई देखेर लाग्छ कि यो सहर वारुदको थुप्रोमाथि बसिरहेको छ । 

आगोलाई सुम्पिएको बजार 

मंगलबार बिहानै हामी दिल्लीको त्यस्तो इलाकामा गयौं, जहाँ धारा १४४ (दुई वा तीनभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन नपाउने) लागु गरिएको थियो । यसै क्षेत्रमा मानिसहरुको एक हुलले सिंगो बजारमा नै आगजनी गरेको थियो । एक स्थानीयका अनुसार उक्त बजारमा मुसलमानहरुको बाहुल्यता थियो ।

जलिरहेको बजार र बलेका टायरको दुर्गन्ध टाढाटाढासम्म फैलिरहेको थियो । यो सबै स्थितिलाई हाम्रो क्यामरेमा रेकर्ड गर्न हामीलाई निकै सकस भयो । यस क्षेत्रभन्दा करिब ५०० मिटर टाढा केही युवहाहरु पसलमा ढुंगा प्रहार गरिरहेका थिए । 

हामीले उक्त भिडियो रेकर्ड गरेको देखेपछि उनीहरुले हामीमाथि ढुंगा बर्साउन सुरु गरे । हामी ओभरब्रिजमा भएका कारण निमेषभर हामी बच्यौं र त्यहाँबाट भाग्‍यौं ।

धार्मिक नाराको उद्घोष 

हामी हिंड्दै गर्दा बीचबीचमा जय श्री रामका नाराहरु लगाएको पनि सुनिएका थिए । कयौं क्षेत्रमा हामीले १००-२०० जनाको भीड जम्मा भएको देखियौं । उनीहरुमध्ये केहीले हातमा तिरंगा लिएका थिए भने भगवानको तस्बिर अंकित झण्डा बोकेका थिए र केहीले श्री राम, भारत माता की जय, बन्दे मातरम जस्ता नारा लगाइरहेका थिए । तीनै भिडमा केही व्यक्तिहरुले भने देशका गद्दारलाई गोली हान जस्ता नारासमेत लगाएको सुनिन्थे । 

त्यही केही मुस्लिम समुदायको बसोबास भएको क्षेत्रमा मुस्लिम युवाहरु उभिरहेका देखिन्थे । उनीहरु हातमा फलामका रड, डन्डाजस्ता सामग्री लिएर उभिरहेका थिए । 

दुबै पक्षले बताए अनुसार उनीहरुले हाम्रो क्षेत्रभन्दा बाहिर केही युवाहरुलाई तैनाथ गरेका छन् । ताकि अर्को समुदायले हमला गर्दा त्यसको प्रतिकार गर्न सकोस् । 

यी हिंसात्मक घटनामा केही मुसलमान समुदायका व्यक्तिको मृत्यु भएको हल्ला चलिरहेको थियो । कतिले हिन्दु घाइते भएको बताइरहेका थिए भने हिन्दुहरुका घर जलाउने कुरा गरिरहेका थिए । तर, कोही पनि यस्ता हल्लाको पुष्टि गर्न अथवा खण्डन गर्न तयार भएनन् । 

अटो चालक गुलशेरले भने, यहाँ प्रशासन भन्‍ने कुनै चीज छैन । यस्तो लाग्छ कि सरकारले हामीलाई लड्‍न र मर्न खुला छोडेको छ ।

राजीब नगरका आवासीय  महासचिव इस्लमुद्दीनले भने, केही बाहिरबाट आएका व्यक्तिहरुले हिन्दु र मसलमानबीच दरार पैदा गर्ने प्रयास गरिरहेका छन् ।

सन् १९८४ को सिख दंगासँग तुलना 

इस्लामुद्दीन यस हिंसात्मक घटनालाई सन् १९८४ को सिख दंगाको घटनासँग तुलना गर्छन् । त्यस सयमा सिंगो दिल्लीमा व्यापारिक क्षेत्रमा हिंसात्मक घटना भएका थिए । 

इस्लामुद्दीनका अनुसार जब सत्तारुढ भारतीय जनता पार्टी ९बीजेपी० का नेता कपिल मिश्राले स्थिति भड्काउने भाषण गरेपछि उनकाविरुद्ध सही कदम उठाएको भए अहिलेको स्थिति नियन्त्रण बाहिर जाने थिएन । 

कपिल मिश्रा पहिले आम आदमी पार्टीका विधायक थिए । अहिले उनी बीजेपीका सदस्य छन् । उनले दिल्ली विधानसभा निर्वाचनका क्रममा दिल्लीको निर्वाचनलाई भारत(पाकिस्तानबीचको निर्वाचन भएको भाषण गरेका थिए । यसैकारण उनलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै सूचना जारि गरेको थियो । 

उनले आइतबार प्रहरीलाई चेतावनी दिँदै जफराबाद क्षेत्रका मुख्य सडक खाली गराउन चेतावनी दिएका थिए ।  मिश्राका यस्तै भाषणले दिल्ली हिंसा भड्किएको बताइएको छ । अहिलेसम्म पार्टी र प्रहरीका तर्फबाट मिश्रालाई अहिलेसम्म कुनै पनि कारबाही गरिएको छैन । मिश्राले भाषणमा भनेजस्तै सन्देश प्रवाह हुने किसिमले भीडका मानिसहरुमा पनि गफ गरिरहेका थिए ।

मंगलबार अबेर राति एक ट्विट गर्दै लेखेका छन्, ूजाफरवाद पूरै खालि भइसकेको छ । दिल्ली दोस्रो शाहिन बाग बन्दैन ।ू यसअघि उनले गरेको ट्विटमा लेखिएको थियो, ूमलाई ज्यान मार्ने धम्की दिइएको छ । बन्द सडकलाई खुलाउन आह्वान गर्नु कुनै गल्ती होइन । नागरिक संशोधन कानुन ९सीएए०को समर्थन गर्नु कुनै अपराध होइन । 

आशा अझै मरेको छैन 

एक रिटेल स्टोरमा काम गर्ने रोशनले मुस्लिम बाहुल्य क्षेत्र खजुरी कच्चीतर्फ इशारा गर्दै हामीलाई भने, ूआगामी तीन दिनमा यो क्षेत्र ुउनीहरुलेु खालि गराउनेछन् । 

सिभिल सर्भिसको तयारी गरिरहेका एक युवा पृथ्वीराजनले करिब ३०० मानिसहरु जम्मा भएको भीडतर्फ इशारा गर्दै भने, ूप्रहरीले यी मानिसहरुलाई केही गर्दैन । किनकी यिनीहरु दंगा गर्दैनन् र यो सबै मुसलमान गर्छन् । 

प्रहरीले खजुरी कच्ची क्षेत्रमा अश्रु ग्यास प्रहार गरेर भीडको तितब(बितर बनाउने प्रयास गरेको थियो । 

यस्तो हिंसा र त्रासको माहोलकाबीच पनि राजेन्द्र मिश्राजस्ता केही मानिहरु चाँदबागमा आफूहरु सुरक्षित भएको महसुस गर्छन् । चाँदबाग मुस्लिम बाहुल्य क्षेत्र हो । सोमबार राति मुस्लिन र हिन्दु समुदायका मानिसहरु एकजुट भएर चाँदबागको मन्दिर बाहिर पहरा दिएका थिए । तर, यसअघि सोमबार दिउँसो चाँद शाहको चिहानमै आगजनी गरेका थिए । 

दिल्लीको यस हिंसामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते छन् ।

(बीबीसी हिन्दीका संवाददाता फैसल मोहम्मद अलीको रिपोर्टको नेपाली अनुवाद) 

प्रतिक्रिया दिनुहोस