घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०८२, १५ : ३७
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ८.२४ अंक घटेको छ ।

सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : ५४ बजे नेप्से २६५० अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्मै दबाबमा रह्यो । २६५० अंक आजका लागि उच्चतम रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ६ अर्ब ५ करोडमा खुम्चियो ।

७२ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ५ को स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

प्रतिक्रिया दिनुहोस