५ एसएसपी डिआइजीमा बढुवा

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०८२, १६ : ३२
५ एसएसपी डिआइजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले एसएसपीहरू भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेका हुन् ।

जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

गत ९ कात्तिकमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस