काठमाडौं । सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्श अगाडि बढाएका हुन् ।
यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरेफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए।
उनका अनुसार प्रधानमन्त्रीले यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नेछन् । स्रोतका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल हेरफेर गरेर प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा किड्नी ट्रान्सप्लान्ट गर्ने योजनामा रहेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले किड्नी ट्रान्सप्लान्ट गरेर बाँकी तीन वर्ष तीव्र गतिका साथ काम गर्ने बताएका थिए । नेपाल समाचारपत्रले यो खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ फागुन २०७६, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी