चितवन । भरतपुरमा शुक्रबार राति अनियन्त्रित भई रुखमा कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार राति नौ बजे भरतपुर महानगरपालिका–१८ विष्णुचोकको भित्री सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार आफै अनियन्त्रित भएर सडक छेउमा रहेको रुखमा ठोक्किएको थियो ।
कारमा रहेका तीन जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा राति १० बजे निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
भरतपुर स्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो । नवलपरासी बुलिङटार गाउँपालिका–१ का २१ वर्षीय कारचालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०७६, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु