चितवन । भरतपुरमा शुक्रबार राति अनियन्त्रित भई रुखमा कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार राति नौ बजे भरतपुर महानगरपालिका–१८ विष्णुचोकको भित्री सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार आफै अनियन्त्रित भएर सडक छेउमा रहेको रुखमा ठोक्किएको थियो ।
कारमा रहेका तीन जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा राति १० बजे निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
भरतपुर स्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो । नवलपरासी बुलिङटार गाउँपालिका–१ का २१ वर्षीय कारचालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०७६, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते