काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको छ ।
सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज खरिपाटी पुग्नुभएका मन्त्री भट्टराईले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।
कन्ट्रोल कक्षबाट उहाँले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारे जानकारी लिनुभएको हो । सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउदै उहाँले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी लिनुभएको थियो । उहाँले नेपालमा कोरोना भाइरस नरहेको र यसबाट डराउनुपर्ने अवस्था नरहेको भन्दै पर्यटन वर्ष २०२० लाई सफल पार्न सबै निकायबाट लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ फागुन २०७६, २१ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ: योगेश भट्टराई
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’: योगेश भट्टराई