काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका मथिल्लो तहका नेताहरूबाटै आफूलगायत अन्य नेताहरूविरुद्ध अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको बताएका छन्।
शनिबार गुन्डुमा बसेको एमाले सचिवालय बैठकपछि आफूहरूविरुद्ध घृणा फैलाउने काममा शरु शर्मा नामको नक्कली फेसबुक आईडीमार्फत निकै सक्रिय भएको दाबी उनले गरेका छन्।
‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहनुभएको छ। सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नु भएन। उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ’, भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समय हामी सबैका लागि पनि शोकको घडी हो। यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ।’
उनले अगाडि लेखेका छन्, ‘यसबिचमा पार्टीका मथिल्लो तहका नेताहरूबाट मलगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ। शरु शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निकै सक्रिय छ।’
पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वास पुन: आर्जन गर्नु नेकपा एमालेका लागि प्राथमिक महत्त्वको कार्यभार भएको उल्लेख गर्दै उपमहासचिव भट्टराईले यसका लागि उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रिया मार्फत तथ्य र तर्कसहित छलफल र बहस गर्न जरुरी रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई