काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्याएका छन ।
विहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले यस्तो बताएका हुन् ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिँदै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए ।
उनले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताए । उनले यस अघि पनि यस्ता किसिमका अभिव्यक्ति दिँदै आएका थिए । उनले आफूलाई पद धराप पर्ने धम्कीसमेत आएको भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान