अमेरिका जाने लोभमा फस्दा यसरी ठगियो ६० लाख...

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, २२ : ०८
अमेरिका जाने लोभमा फस्दा यसरी ठगियो ६० लाख...

काठमाडौँ  । आम नेपालीहरुको सपनाको सन्सार हो अमेरिका । अमेरिका जान जो कोही मरिहत्ते गर्छन । मानव वेचविखन अनुसन्धान व्यूरोका अनुसार एक व्यक्तिले अमेरिका जानका लागि रु ७५ लाखसम्म बुझाएको फेला परेको छ । तर उनी अमेरिकाको सीमा प्रवेश गर्ने वित्तिकै पक्राउ परेका थिए । 

विभिन्न अबैधानिक बाटो भएर मानिसहरु अमेरिका जान्छन् । तर थोरै मात्र प्रवेश गर्न पाउँछन् । धेरै जसो बीच बाटोबाटै फर्किएका छन् भने केहीको बाटैमा ज्यान जाने गरेको सरकारी आँकडा छ । यो तथ्यंकले पनि नेपालीका लागि अमेरिका सपनाको शहर हो भन्ने पुष्टि हुन्छ । 

यस्तै लोभमा परेकी एक महिना अहिले रु ६० लाख ठगीमा परेकी छिन् । अमेरिका गएर ऐस आराम गरौँलार्इ भन्ने सुन्दर सपना बुनेकी उनको सपना चकनाचुर मात्रै भएन । उनले रु ६० लाख नै गुमाउनुपरेको छ । यस्तै अन्य तीन जनाले पनि ७० लाख फसाएका छन् । 

दलालको प्रलोभनमा विश्वास गर्दा उनीहरु यसरी फसेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यस्तो सपनामा विस्वास गर्नेहरुको घरखेत समेत उडेको छ । 
केही अघि नुवाकोट घर भई तारकेश्वर नगरपाकिला बस्ने एक महिलाले यसैगरी अमेकिरा जान भन्दा एक दलालको खातामा पैसा पठाईन् ६० लाख । त्यो पनि भिसा प्रोसेसका लागि मात्रै यदी भिसा लागेको भए उनले अर्काै ६० लाख मान्ग सक्थ्यो ।

उनले बैंक ब्यालेन्स देखाउन भनी रु ६० लाख रुपैयाँ आफ्ना ेखातामा हाल्न लगाए । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुलबहदाुर थापाका अनुसार लोभमा लाग्दा उनको ६० लाख लिएर दलालहरु फरार भए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आए । 

दलालहरुले बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएका थिए । उक्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारेको छ । 

फन्दामा परे रकम ठग्नेहरु 
यसरी रकम ठग्नेहरुलाई खोजी अभियानका क्रममा प्रहरीले गएराती भक्तपुरको ठिमीबाट दुई जनालाई पक्राउ गर्न सफल भएको छ । 

उनीहरुले अन्य तीन जनाबाट पनि झण्डै रु ७० लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गएराती पक्राउ परेका उनीहरुलाई आज महाशाखाले सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका २ घर भई ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई सोही ठाउँ बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् । उनीहरुको विषयमा थप अनुस्न्धन भइरहेको प्रहरीले जनाएको छ ।