काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका–इरान शान्ति वार्ताको योजना गर्दै दुवै पक्षलाई असल मनसायका साथ वार्तामा सहभागी हुन अपिल गरेका छन् ।
पाकिस्तानको राजधानी इस्लामावाद अमेरिका र इरानको उच्चस्तरीय प्रतिनिधिमण्डलले वार्ता गर्ने तय भएपछि महासचिव गुटेरेसले दुवै देशलाई असल मनसायका साथ वार्तामा सहभागी हुन अपिल गरेका हुन् ।
संयुक्त राष्ट्र संघको प्रेस ब्रिफिङमा महासचिवका प्रवक्ता स्टेफन डुजेरिकले गुटेरेसले दुवै पक्षलाई कूटनीतिक अवसरको फाइदा उठाउन र असल मनसायका साथ स्थायी र व्यापक सम्झौताको दिशामा वार्ता गर्न आग्रह गरेको बताए ।
‘महासचिवले अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधानका लागि कुनै विकल्प नभएको दोहोर्याउनुभएको छ,’ प्रवक्ता डुजेरिकले भने, ‘यो पूर्णतया अन्तर्राष्ट्रिय कानुनअनुरूप हुनु पर्ने बताउनुभएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०८२, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य