काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौँदेखि नेपाली भू–भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हालै सो क्षेत्र भारतले आफ्नो नक्शामा समावेश गरेकोप्रति आपत्ति जनाउनुभयो । “सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र नक्शा प्रकाशित गर्न जरुरी रहेको छ । ” वरिष्ठ नेता खनालले भन्नुभयो ।
सरकारले समाजवादउन्मुख काम गरेको , सबै दल संविधानभित्र आउनुपर्ने र नआउने दल पछि पर्ने पूर्वप्रधानमन्त्री खनालले उल्लेख गर्नुभयो । हालै सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकबाट पार्टी एकता थप बलियो भएको सन्देश गएको उहाँले जनाउनुभयो । कार्यक्रमको सभापतित्व क्षेत्रीय अध्यक्ष जेवी विकले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ फागुन २०७६, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा