(एजेन्सी) । अमेरिकामा एक पुर्व राजदुतकी छोरीले छुरा प्रहार गरि एक व्यक्तिको ज्यान लिएका छन् । घटना अमेरिकाको मेरिल्याण्ड राज्यको रकभिल शहरमा भएको हो । हत्या लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको छ ।
२७ बर्षिय सोफिया नेग्रोपोन्टे अमेरिकी पूर्व राजदुत जोन नेग्रोपोंटेकि सुपुत्री हुन् । गुगल खोजका अनुसार पूर्व राजदुत जोनको जन्म बेलायतमा भएको हो भने उनि अंग्रेजी,फ्रान्सेली,ग्रिक ,स्पानिश र भियतनामी भाषा बोल्दछन । १९६० मा येल विश्व बिद्यालयबाट स्नातक गरेका थिए ।
राजदुत जोन सयुक्त राष्ट्र संघ ,इराक लगायतमा राजदुत भै काम गरेका छन् । उनकी छोरीलाई गत बिहिबार राति प्रथम श्रेणीको हत्याको आरोपमा पक्राउ गरिएको छ । उनले २४ बर्षिय युसुफ रासमुसेनको हत्या गरेकी हुन् ।
उक्त समयमा राती हल्ला सुनिएको छिमेकिहरुले बताएका थिए । उनको शवलाई परीक्षणको लागि बाल्टिमोर लागिएको एनबिसी ४ ले जनाएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०७६, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या
बारामा आमा–छोराको हत्या, तीन जना गम्भीर घाइते
ओखलढुङ्गामा दम्पतीको हत्या, भेटियो शव
धारिलो हतियार प्रयोग गरी छोराले गरे आमाको हत्या
तनहुँमा तीन जनाको बीभत्स हत्या, घटना रहस्यमय