काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहनुभएका नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मिलानले सभामुखलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा सभामुख सापकोटाले दुई देश दूरीका हिसाबले टाढा भए पनि मित्रताको हिसाबले नजीक भएको बताउनुभयो ।
विसं २०७२ को भूकम्पका बेला चेक सरकारले गरेको सहयोगको प्रशंसा गर्दै उहाँले यस्ता सहयोगले दुई देशबीचको सम्बन्धलाई थप गाढा बनाएको बताउनुभयो । “दुई देशबीच संसद्–संसद्, सरकार–सरकार र जनस्तरसम्म सम्बन्ध छ, यो असल मित्रताको उदाहरण हो”, सभामुख सापकोटाले भन्नुभयो ।
भेटमा राजदूत मिलानले सभामुख सापकोटालाई चेक गणतन्त्रको भ्रमणको निम्तो दिनुभएको छ । उहाँले चेक गणतन्त्रले नेपालमा खानेपानी, सरसफाइ, सौर्य ऊर्जालगायत क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिँदै पर्यटन विकासका लागि पनि सहकार्य गर्ने विश्वास दिलाउनुभयो । राजदूत मिलानले दुई देशबीच आर्थिक सहयोगका लागि संरचना भए पनि सदुपयोग गर्न नसकिएको बताउँदै यो वर्ष त्यससम्बन्धी काम पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ फागुन २०७६, २२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल
प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने
सभामुख देवराज घिमिरे पनि पुगे ४ मन्त्रीको शपथ समारोहमा
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य- विधिको शासन र संविधानवाद बाहिर जान नहुने
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल