काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहनुभएका नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मिलानले सभामुखलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा सभामुख सापकोटाले दुई देश दूरीका हिसाबले टाढा भए पनि मित्रताको हिसाबले नजीक भएको बताउनुभयो ।
विसं २०७२ को भूकम्पका बेला चेक सरकारले गरेको सहयोगको प्रशंसा गर्दै उहाँले यस्ता सहयोगले दुई देशबीचको सम्बन्धलाई थप गाढा बनाएको बताउनुभयो । “दुई देशबीच संसद्–संसद्, सरकार–सरकार र जनस्तरसम्म सम्बन्ध छ, यो असल मित्रताको उदाहरण हो”, सभामुख सापकोटाले भन्नुभयो ।
भेटमा राजदूत मिलानले सभामुख सापकोटालाई चेक गणतन्त्रको भ्रमणको निम्तो दिनुभएको छ । उहाँले चेक गणतन्त्रले नेपालमा खानेपानी, सरसफाइ, सौर्य ऊर्जालगायत क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिँदै पर्यटन विकासका लागि पनि सहकार्य गर्ने विश्वास दिलाउनुभयो । राजदूत मिलानले दुई देशबीच आर्थिक सहयोगका लागि संरचना भए पनि सदुपयोग गर्न नसकिएको बताउँदै यो वर्ष त्यससम्बन्धी काम पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ फागुन २०७६, २२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिचाङका सभामुखसँग महावाणिज्यदूत निरौलाको शिष्टाचार भेट
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख