काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या अनुसन्धानका क्रममा प्रहरीले तीनजनासँग बयान लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीनिवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको हो ।नयाँ पत्रिका दैनिकमा समाचार छ। ड्राइभर र प्लम्बरले हत्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान दिएका छन् । पार्टटाइम काम गर्ने महिला कामदारले भने विजय रिसाहा स्वभावको रहेको बयान दिएकी छिन् ।
परिसरका एसपी दुर्गा सिंहले घटनाको अनुसन्धानका क्रममा तीनजनासँग बयान लिएको बताइन् । ‘कार्कीनिवासमा काम गर्ने महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान भएको छ,’ सिंहले नयाँ पत्रिकासँग भनिन्, ‘महिला कामदारले विजय रिसाहा स्वभावको रहेको बताएकी छिन् । आफूलाई मृतक कार्कीले पनि विजय रिसाहा स्वभावको भएकाले विवाद नगर्न भन्ने गरेको बयान उनको छ ।’
उनीहरूले हत्या भएकी कार्की भने असल भएको बयान दिएका छन् । ‘उनीहरू सबैले कार्कीको आनिबानी राम्रो भएको बयान दिएका छन्,’ एसपी सिंहले भनिन्, ‘कामदारलाई माया गर्ने स्वभाव थियो भनेका छन् ।’ तीनजनाको बयान सकिए पनि अन्य व्यक्तिसँग बयान लिने क्रम जारी रहेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ फागुन २०७६, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या