काठमाडौं । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधी हटाई पदावधी थप्ने प्रयासमा लागेका प्रहरीका हाकिमहरुको खेल सामाप्त भएको छ । अन्तिम सम्म सेवा अवधी हटाई आफनो पदावधी बढाउने प्रयासमा लागेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल देखि एआईजी पुष्कर कार्की, ठूले राई, धिरु बस्नेत लगायतको प्रयास विफल भएको छ ।
उनीहरुको प्रयास विफल भएसँगै आज बस्ने मन्त्रिपरिषद् वैठकले प्रहरीको नयाँ आईजिपि नियुक्त गर्ने छ ।
प्रहरी महानिरीक्षक (आईजिपि) खनाल, एआईजी कार्की, राई, बस्नेत सहित थप १८ जना डिआईजीहरुले आजवाट एकै साथ अबकास पाउदैछन् ।
उनीहरु ३० वर्षे सेवा अवधी पूरा गरी आजबाट अनिवार्य अबकाशमा जान लागेका हुन् । यो सेवा अधवी हटाई आफनो पदावधी थप गर्ने र सक्दा आफै प्रहरी आईजिपि वन्ने दौडमा खासगरी खनाल र कार्की निक्कै जोडतोडका साथ लागेका थिए ।
यही अन्यौलतका वीच सोमबारको मन्त्रिपरिषद् वैठकमा सेवा अवधी थप गर्ने ÷नगर्ने विषयमै मन्त्रीहरुका वीचमा छलफल चलेको थियो ।
प्रधानमन्त्री ओलीले अव सेवा अवधी थपका विषयमा कुनै निर्णय नहुने भन्द्र प्रक्रियागत रुपमा आईजिपिको प्रसताव ल्याउन गृृहमन्त्री रामवहादुर थापा र मुख्यसचिव लोकदर्शन रेग्मीलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्रीको सोही निर्देशनका आधारमा आज गृहले नयाा आईजिपिको प्रस्ताव क्याविनेटमा लैजाने तयारी गरेको छ । क्याविनेट वैठक अहिले विहान ११ वजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । यही वैठकले नयाँ आईजिपिको निर्णय सरकारले लिदैछ ।
आईजिपिका लागि अहिले तीन जना प्रतिस्पर्धामा छन् । डिआईजीहरु प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय आईजिपि बन्ने दौडमा छन् ।
तर उनीहरुले पनि जम्माजम्मी साढे ५ महिनामात्र प्रहरीको कमाण्ड सम्हाल्न पाउनेछन् । कारण उनीहरु पनि अहिलेकै आईजिपि खनालकै वैकल्पिक ब्याजी हुन् । ३० वर्षे सेवा अवधी अुनसार उनीहरुले पनि असार २४ मै सेवावाट अवकास पाउनेछन् ।
प्रतिस्पर्धामा रहेकामध्ये वरियतामा क्रमशः ज्ञवाली, लम्साल र उपाध्याय छन् । यो वीचमा पनि सरकारले सेवा अवधी नबढाए उनीहरुले साढे ५ महिनापछि स्वतः अवकास लिनुपर्ने हुन्छ । छोटो अवधीका लागि महानिरीक्षक वन्ने उनीहरुको दौडपछि आउने वैकल्पिकमा भने
डीआईजीहरू शैलेश थापा, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र विश्वराज पोखरेल छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ माघ २०७६, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र