काठमाडौँ । क्यानडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्यूरीले नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद साकोटालाई भेटेनन् । उनले राष्ट्रिय सभाका अध्यक्षसँग भेटघाट गरी राष्ट्रिय सभा बैठकको समेत स्थलगत अवलोकन गरेपनि सभामुख सापकोटालाई भेटन चाहेनन् । उनले नै अस्विकार गरेको बुझिएको छ । खासगरी द्धन्द्ध व्यवस्थापनका देखिएको असन्तुष्टिका कारण भेट्न नचाहेको बताइन्छ ।
तर उनले नेपाल क्याडना साँसद मैत्री समुहका सदस्हरुसँग भने खुलेर कुराकानी गरेका छन् । जसमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका साँसदहरु समेत सहभागि थिए । सो क्रममा उनले नेपालले चैतमा गर्न लागेको ‘सगरमाथा सम्बाद’मा क्यानडाले सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाए । नेपाल र क्यानडाले जलवायु परिवर्तनको उस्तै असर झेल्दै आएको उल्लेख गर्दै उक्त सम्बाद फलदायी हुने विश्वास व्यक्त गरे । आगामी चैतमा हुनलागेको सगरमाथा सम्बाद जलवायु परिवर्तनको असरमा केन्द्रीत हुनेछ ।
क्यानेडेली सिनेट सभामुख फ्युरीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिँदै आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने बचन दिए । नेपाल र क्यानडा बीच लामो समयदेखि दौत्यसम्बन्ध स्थापना भएको स्मरण गर्दै अबका दिनमा नेपालको पर्यटन, व्यापार र लगानीको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाए , क्यानडाको विकास निर्माण र सफलताको विषयमा आफ्ना केही अनुभवलाई नेपालसँग साट्न पाएकोमा खुसी व्यक्त गरे । सभामुख फ्यूरीले नेपालको छिमेकी देश चीनमा कोरोना भाइरसको भयावह स्थिति रहेपनि आफुहरुको भ्रमणले नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वमाझ पुग्ने आशा व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले उपयुक्त समयमा नेपाली प्रतिनिधिमण्डलको क्यानडा भ्रमण हुने विश्वास दिलाउँदै उक्त प्रतिनिधिमण्डलसँग अन्तरक्रिया गर्न पाएकोमा खुसी व्यक्त गरे । नेपाली काँग्रेसको प्रतिनिधिसभा सदस्य पार्वता डिसी चौधरीले महिला बालबालिका लगायत क्षेत्रमा क्यानडाले गरेको सहयोगको उच्च प्रशंसा गर्दै पर्यटन, व्यापार र लगानीको क्षेत्रमा थप सहयोग गर्ने सभामुख फ्यूरीको प्रतिबद्धताको स्वागत गरिन् ।
नेकपाकी प्रतिनिधिसभा सदस्य सरिता न्यौपानेले नेपाल भ्रमणमा आउनुभएका क्यानडेली प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल भ्रमण वर्ष सफल पार्न क्यानडाकोतर्फबाट सहयोग रहने विश्वास व्यक्त गरिन् । आजै राष्ट्रिय सभा बैठकमा बोल्दै साँसदहरु दीनानाथ शर्मा र सुरेन्द्रराज पाण्डे लगायतले नेपाल र क्यनडाको राजनीतिक प्रणाली धेरै मिल्दो जुल्दो रहेको प्रतिक्रिया दिएका थिए । नेपाल संघीय गणतन्त्रात्मक राज्य हो भने क्यानडा संवैधानिक राजतन्त्रात्मक राज्य हो । तर अन्य विषयहरु धेरै मिल्ने साँसदहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीपी अर्याललाई सभामुख बनाउने सहमति
सिचाङका सभामुखसँग महावाणिज्यदूत निरौलाको शिष्टाचार भेट
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति