सप्तरी । भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई फेला पारेको छ । भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागि परीक्षण गर्दा लागुऔषध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ माघ २०७६, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ